धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवास्थित डाँडाखर्कमा आज बिहान गोठ भत्किएर किच्दा पाँच चौपाय मरेका छन् । ढुंगा माटोले बनेको दुई तले गोठ भत्किदा गाई, गोरु र तीन वटा बाख्रा किचिएर मरेका हुन् ।
अबिरल बर्षाका कारण बिहान करिब ४ बजे गोठ भत्किएर किच्दा पाँच चौपाय मर्नुका साथै अन्य केही चौपाय घाईते भएको स्थानीय लेखनाथ पौडेलले बताए । सो गोठमा दुई दर्जन बढी चौपाय थिए । गोठ भत्किदा पुरिएका बस्तु बाख्रालाई स्थानीयबासीले उद्धार गरेका छन् ।
घटनापछि चानुवा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । घटनामा चार लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।