संगालोखबर सम्बाददाता
फायल तस्वीर

ओखलढुंगा । ओखलढुंगामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । सिद्धिचरण–१२ सिमलडाँडा मोलुङका २८ बर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उनी मोलुङ खोला हाईड्रोपावर ट्रान्समिसन लाईनका सुपरभाईजर हुन् ।

बिहान करिव ११ बजे सिमलडाँडामा बिजुली सप्लाईको मेन्टिनेन्सका लागि जम्पर छुटाउन उनी बिजुलीको पोलमा चढेका थिए । बिद्युत सर्ट भई करेन्ट लागेर पोलमै अड्किएका उनलाई उद्धार गरी उपचारका लागि सामुदायिक मिसन अस्पताल ओखलढुंगा लगिएको थियो । डाक्टरले उनलाई अस्पताल पुग्नासाथ मृत घोषित गरेका हुन् ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!