संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

झापा । झापामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–७ स्थित रेखा खोलाले बगाउँदा स्थानीय राजु मर्डीका दुई वर्षीय छोरा जीवनको मृत्यु भएको हो ।

गएराति करिव ९ बजे घर नजिकको खोला छेउमा खेल्दाखेल्दै उनलाई बगाएको थियो । खोलाले बगाएर बेपत्ता भएका बालकको खोजी गर्ने क्रममा आज बिहान करिव ६ बजे शव फेला परेकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल लगिएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!