विराटनगर । प्रदेश १ का छ जिल्लामा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङका ४२, सुनसरीका ३७, झापाका ४, पाँचथरका २ तथा ताप्लेजुङ र तेह्रथुमका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष, जहदामा ३ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १/१ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । यता, सुनसरीको इटहरीमा २४ महिला ७ पुरुष, दुहवीमा २ महिला २ पुरुष र स्थानीय तह नखुलेका २ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै, झापाको गौरादहका १ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुष संक्रमित भएका छन् । त्यस्तैगरी पाँचथरको फालेलुङका २ पुरुष, ताप्लेजुङमा १ पुरुष र तह्रथुमको छथरका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ५० पुगेको छ । जसमध्ये २ हजार ६ सय १९ जना निको भएका छन् ।
आज पनि प्रदेश १ का २७ जना डिस्चार्ज भएका छन् । मारवाडी सेवा सदन आईसोलेसन विराटनगरबाट १३, मेची अस्पताल झापाबाट ७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ५, कालि सदन आईसोलेसन विराटनगर र कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १/१ जना डिस्चार्ज भएका हुन् ।