
सुनसरी । धरानमा रुखको हाँगा झरेर लाग्दा एक बालिकाको मृत्यु भएको छ । घर नजिक हिड्दै गरेको अवस्थामा रुखको हाँगा झरेर लाग्दा धरान उपमहानगरपालिका–१४ दुईधारेका बिष्णु राईकी ३ बर्षीया छोरी एबिसाको मृत्यु भएको हो ।
रुखको हाँगाले झरेर टाउकोमा लाग्दा एबिसा गंभीर घाईते भएकी थिईन् । उनलाई धरानबाट थप उपचारका लागि न्यूरो अस्पताल बिराटनगर लगिएको थियो । न्यूरोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही रुखको हाँगाले लाग्दा एबिसाकी दिदी ९ बर्षीया नेविस पनि घाईते भएकी छन् । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उनको उपचार भईरहेको छ । सँगै रहेका बेला दिदी बहिनीलाई रुखको हाँगा झरेर लागेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।