- संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४१, सुनसरीमा २५, झापामा १२ र ताप्लेजुङमा १ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङको विराटनगरका ८ महिला १६ पुरुष, बुढीगंगाका ५ जना, बेलबारी र धनपालथानका ३/३ जना, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १/१ पुरुष र रंगेलीमा १ महिलामा संक्रमण देखिएको हो ।

त्यस्तै सुनसरीको इटहरीमा २ महिला १३ पुरुष, दुहवीमा २ महिला २ पुरुष, इनरुवामा १ महिला २ पुरुष, बर्जुमा १ महिला १ पुरुष र धरानमा १ महिलामा कारोना संक्रमण पुष्टि भएको छ । झापाको भद्रपुरका १ महिला ९ पुरुष, विर्तामोड र दमकका १/१ महिला र ताप्लेजुङकका १ पुरुषमा पनि संक्रमण देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ४९ पुगेको छ ।

प्रदेश १ मा आज ३८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ९ जना, गढी आईसोलेसन केन्द्रबाट ८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ६, न्यूरो अस्पताल विराटनगरबाट ४ र मेची अस्पतालबाट ३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । त्यस्तै होम आईसोलेसनमा रहेका ८ जना पनि निको भएका छन् । प्रदेश १ मा कोरोना संक्रमण पश्चात निको हुनेको संख्या २ हजार ६ सय ५६ पुगेको छ ।

प्रदेश १ मा हालसम्म १ लाख १९ हजार ४ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!