संगालोखबर सम्वाददाता

काठमाडौं । केही दिन अघि राष्ट्रियसभा सदस्यमा नियुक्त भएका नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई तत्काल संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

Advertisement

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई तत्काल कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । मन्त्रीपरिषद्को सिफारिस अनुसार गौतमलाई गत असोज १ गते राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ८६ (२) (ख) बमोजिम राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् । गौतमको मनोनयन बदर गर्न माग गर्दै असोज ५ गते रिट दर्ता भएको थियो ।

न्यायाधीश डा.भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि असोज १४ गते छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै गौतमलाई मन्त्रीसहित अन्य संवैधानिक जिम्मेवारी दिन तत्कालका लागि रोक लागेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!