- संगालोखबर सम्वाददाता

झापा । झापाको बिर्तामोड–५ मा गएराती माईक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा पाँचथर याङ्बरक–३ का ५० बर्षीय वृखध्वज लिम्बु छन् ।

हिडिरहेको अवस्थामा लिम्बुलाई राती करिब सवा ९ बजे बा.४ ख.५१०० नम्बरको माइक्रोबसले ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने माईक्रोबस र चालक भद्रपुरका बाबुराम कटेललाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!