- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका पहिरोपीडित एक परिवारलाई नेपाली काँग्रेस धनकुटाले आर्थिक सहयोग गरेको छ । सिसिरेका पहिरोपीडित धनबहादुर लिम्बुको परिवारलाई काँग्रेसले ११ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

Advertisement

काँग्रेसका जिल्ला सभापति अग्नीप्रसाद पौडेलले पहिरोपीडित लिम्बुलाई सहयोग रकम हस्तान्तरण गरे । सहयोगका लागि काँग्रेसका जिल्ला सभापति पौडेल, सचिव बिजयसन्तोषी राई, कोषाध्यक्ष निदेश राईसहित एक दर्जन बढी नेताहरु लिम्बुको घरमै पुगेका थिए ।

पीडित परिवारलाई तत्कालका लागि राहत स्वरुप रकम प्रदान गरिएको र थप सहयोग पनि प्रदान गरिने काँग्रेसका जिल्ला सचिव राईले जानकारी दिए ।

अबिरल बर्षासँगै बुधबार दिउँसो झरेको पहिरोले लिम्बुको घर भत्किँदा उनकी ७ महिनाकी छोरीको घटनास्थलमै मृत्यु भएको थियो । धनबहादुरसमेत सामान्य घाईते भएका थिए ।

धनकुटामा पहिरोले घर भत्काउँदा नाबालिकाको मृत्यु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!