तेह्रथुम । आठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर आत्महत्या गरेका छन् ।
बिहान १० बजे खाना खाएर बैठक बस्न भनी घरबाट निस्किएका इङ्नाम अपराह्न २ बजेसम्म बैठकमा उपस्थित नभएपछि उनलाई खोज्न स्थानीयवासी निस्किएका थिए ।
खोज्ने क्रममा उनकै घर नजिकैको महाभिर भन्ने ठाउँमा झुन्डिएको अवस्थामा इङ्नामको शव फेला परेको वडा नं ४ का वडाध्यक्ष श्यामकुमार भट्टराईले बताए ।
घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागि आज साँझ जिल्ला अस्पताल पाँचथर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।