रबिन कटेल

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ सिरिसेमा बुधबार दिउँसो पहिरोले घर भत्काउँदा किचिएर एक नाबालिकाको मृत्यु भएको छ । एक जना घाईते छन् । दुई चौपायसमेत पुरिएर मरेका छन् ।

Advertisement

अबिरल बर्षासँगै खसेको पहिरोले सिरिसेका धनबहादुर लिम्बुको घर भत्काउँदा उनकी ७ महिनाकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ध्रुबकुमार श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । दिउँसो करिब १२ बजे खाना खाँदै गरेको अवस्थामा पहिरोले घर किच्दा नाबालिकाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा परी ३१ बर्षीय धनबहादुर पनि घाईते भएका छन् । उनको अवस्था सामान्य छ । ढुंगा माटोले बनेको दुई तले घरको बीच तलमा खाना खाँदै गरेका बेला पहिरोले घर पुरेको हो । घटनामा एक/एक वटा गाई र भैंसीसमेत पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement