संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीको कोशी गाँउपालिका–१ स्थित राजमार्गमा आज टिपरको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २९ बर्षीय राजकुमार यादब छन् ।

Advertisement

बिहान पौने ११ बजे को.१ ख.६२१६ नम्बरको टिफरले साईकलयात्री यादबलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ठक्कर दिने टिपरसमेत अनियन्त्रीत भई पल्टिएको छ । टिफर पल्टिँदा सप्तरीका ४७ बर्षीय चालक नोखनी मण्डल घाईते भएका छन् । जिल्ला अस्पताल ईनरुवामा उनको उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!