संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

बिराटनगर । बिराटनगर महानगरपालिका–१५ रानी एरियामा आज जुटमिलको पर्खाल भत्किएर किच्दा एक महिलाको मृत्यु भएको छ । बिहान करिब साँढे ८ बजे बिराट जुटमिलको पर्खाल भत्किएर किच्दा स्थानीय ५५ बर्षीया समिरु नेसाको मृत्यु भएको हो ।

कलमा पानी लिन जाँदै गर्दा उनलाई पर्खाल भत्किएर किचेको हो । किचिएर गंभीर घाईते भएकी उनलाई उपचारका लागि बिराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो ।

Advertisement

उपचारकै क्रममा दिउँसो साढे १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!