संगालोखबर सम्बाददाता

विराटनगर । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहाको औरी–३ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

Advertisement

संक्रमित ती पुरुषमा मस्तिष्क पक्षघात भई पटक–पटक मृगिको दौरा आउँने, टाउको दुख्ने, बान्ता हुँने समस्या देखिएको थियो । न्यूरो अस्पतालमा भर्ना भएका उनलाई त्यहाबाट रेफर गरेर धरान पठाईएको हो ।

प्रतिष्ठानमा हिजो साँझ करिब ७ बजे भर्ना भएका उनको उपचारका क्रममा राती १२ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

बिराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!