संगालोखबर सम्बाददाता

काठमाडौं । एक साता यता सुनको मूल्यमा गिरावट आएको छ । बुधबारको तुलनामा आज पनि सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको हो ।

Advertisement

घट्दो क्रममा रहेको सुनको मूल्य आज तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर आज १ हजार १ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!