संगालोखबर सम्बाददाता

बिराटनगर । बिराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेज एक सञ्चार संस्थाले गरेको सर्वेक्षणमा मूलुककै उत्कृष्ट कलेजको सातौं स्थानमा परेको छ । काठमाडौंको अनामनगरस्थित केन्द्रविन्दु अनलाईनले कक्षा ११ र १२ पढाई हुँने देशभरका कलेजको बिभिन्न कोणबाट सर्वेक्षण गरी २५ कलेजको सूचि सार्वजनिक गर्दा मेरिल्याण्डलाई सातौं स्थानमा राखेको हो ।

Advertisement

सो सर्वोक्षणले मेरिल्याण्डलाई प्रदेश नं. १ को सर्वोत्कृष्ट कलेजको रुपमा देखाएको छ । विगत १० बर्षको कक्षा ११ र १२ को परीक्षाको शैक्षिक परिणामलाई अध्ययन गरी उत्कृष्ट कलेजको सूची तयार पारिएको केन्द्रविन्दु अनलाईनले जनाएको छ । उत्कृष्टको छैटौं स्थानसम्म काठमाडौं उपत्यका भित्रका कलेज छन् भने सातौं स्थानमा मोफसलको मेरिल्याण्ड परेको हो । सर्वेक्षण अनुसार उत्कृष्ट सात अन्र्तगत पर्नेमा क्रमशः प्रसादी एकेडेमी ललितपुर, काठमाडौं मोडल कलेज बागबजार, सेन्ट जेभियर्स माईतीघर, ग्लोबल कलेज अफ म्यानेजमेन्ट एनसीसीएस उच्च मावि, सेन्ट मेरिज मावि र मेरिल्याण्ड कलेज विराटनगर छन् ।

सर्वेक्षणमा केन्द्रविन्दुले भनेको छ–‘उत्कृष्ट २५ को सूचीमा रहेका यी शैक्षिक संस्था मात्र अब्बल हुन् भनेर हामी ठोकुवा गर्दैनौं । तर पनि यी शैक्षिक संस्थाहरुको शिक्षण प्रणाली राम्रो छ भनेर ढुक्कले भन्न सकिन्छ । अझ भनौं यी शैक्षिक संस्थाले विगत लामो समयदेखि अब्बल शैक्षिक परिणाम हाँसिल गरेकाले तिनले विद्यार्थीको भविष्य सुरक्षित राख्न अध्यापन विधिमा मेहनत गरेका छन् ।’

यता, केन्द्रविन्दूले मेरिल्याण्डलाई मोफसलको सर्वोत्कृष्ट कलेज दावी गरेको छ । ‘२०५९ सालमा स्थापित मेरिल्यान्ड सेकेन्डरी स्कुल व्यवस्थापन संकायमा मोफसलको सर्वोत्कृष्ट कलेज हो । प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल यो कलेज प्रदेश नम्बर १ कै सर्वोत्कृष्ट शैक्षिक संस्था हो ।’ सर्वेक्षणमा भनिएको छ–‘अध्ययनमैत्री वातावरण बनाउन सफल यो संस्था प्रविधिमैत्री शिक्षा, नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकता अनुसार वाह्रै महिना अतिरिक्त कक्षा, प्रोजेक्ट वर्क बेस लगायत गतिविधीमा अब्बल छ ।’

मेरिल्याण्ड यसअघि पनि बिभिन्न सर्वेक्षणबाट उत्कृष्ट कलेजको सूचीमा पर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!