झापाको गन्धर्व वस्तीमा मुख्यमन्त्रीको बास, स्थानीयलाई समस्या समाधानको आस
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आफ्नो नियमित काम सकेर सोमबार साँझ झापाको कचनकवल गाउँपालिका-२ स्थित लोपोन्मुख गन्धर्व जातीको बस्तीमा पुगे । झमक्क साँझ परेका बेला मुख्यमन्त्री कार्कीको टोली आइपुग्दा गाउँले अचम्मित भए । मुख्यमन्त्री कार्की गन्धर्व वस्तीको अवलोकन सकेर राती ८ बजे शिव गन्धर्वको आँगनमा ओछ्याइएको म्याटमा पलेटी बाँधेर बसे ।
मुख्यमन्त्री आएको थाहा पाएपछि गन्धर्व वस्तीक...





























