धनकुटा बजार क्षेत्रका ७५ कुकुरको बन्ध्याकरण
धनकुटा । धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिएको छ । धनकुटा बजारसहित आसपास क्षेत्रका ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोग लिएर धनकुटा नगरपालिकाले कुकुरको बन्ध्याकरण गराएको हो ।
छाडा छोडिएका कुकुरहरूले मान्छेलाई समस्या पार्ने गरेको गुनासो आउँने गरेकाले कुकुरको संख्या बढ्न रोकथामका लागि बन्ध्याकरण गरिएको धनकुटा नगरप...































