संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा आज कोशी प्रदेशको मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रदेश राजधानी विराटनगर बाहिर पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

Advertisement

देव्रेवासस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा दिउँसो बैठक बस्ने मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवनारायण शाहले जानकारी दिए । बैठकका लागि मुख्यमन्त्री केदार कार्कीसहित प्रदेश सरकारका मन्त्रीहरू आउँदैछन् ।

तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम धनकुटालाई प्रदेशको राजधानी नबनाएर विराटनगरलाई राजधानी तोकिएको भन्दै धनकुटावासी चर्को विरोधमा उत्रिएका थिए । आक्रोशित जिल्लावासीलाई शान्त पार्न प्रदेश सरकारले मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्यो ।

तरपनि सम्पर्क कार्यालयमा मुख्यमन्त्री नै नआउँने र कार्यालय कामविहीन भएको गुनासो बढिरहेका बेला पहिलो पटक सोही कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!