गोमा ढुंगाना/संगालोखबर

विराटनगर । विराटनगरका वरिष्ठ साहित्यकार दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित सुवेदीको ७८ वर्षको उमेरमा आज बिहान करिब ३ बजे निधन भएको हो ।

Advertisement

स्वास्थ्यमा समस्या देखिएपछि सुवेदीलाई विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ । साहित्यकार सुवेदीका दर्जनौं कृति प्रकाशित छन् । उनको समग्रह समालोचना विश्वविद्यालयमा पढाइ हुने गरेको छ ।

सुवेदीको पार्थिव शरीरलाई बिहान ९ बजे परोपकार घाटमा अन्त्येष्टि गरिने भएको छ । स्वर्गीय सुवेदीका श्रीमतीसहित दुई छोरा र एक छोरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!