संगालोखबर सम्वाददाता

धनकुटा । डढेलोले पाइप जलेपछि निर्माणाधीन छथर जोरपाटी वृहत खानेपानी आयोजनाको काम प्रभावित भएको छ । गत चैत २ गते स्थानीय पाथीभरा सामुदायिक वनमा लागेको डढेलोका कारण खानेपानीको पाइप जलेको हो ।

Advertisement

खानेपानी आयोजनाका लागि बिछ्याएको १४०, ४०, ३२ र २५ एमएमको करिब २ हजार मिटर पोलिथिन पाइप जलेर नष्ट भएको छथर जोरपाटी गाउँपालिका ४ का वडासचिव शंकर ओझाले जानकारी दिए । उनका अनुसार पाइप जलेपछि खानेपानी आयोजना निर्माणको काम प्रभावित बनेको छ ।

खानेपानीको चरम समस्या रहेको छथर जोरपाटी गाउँपालिकाको तांखुवा र तेलियावासीलाई पानी वितरणका लागि तमोर नदीबाट लिफ्टिङ प्रविधिमार्फत खानेपानी ल्याउन लागिएको हो ।

संघीय खानेपानी तथा ढल निकास आयोजना धनकुटासँग सम्झौता गरेर एलपीएस सिद्धकाली जेभीले २०८१ असार मसान्तसम्ममा काम सक्ने गरी खानेपानी आयोजना निर्माणको जिम्मा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!