संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित कोल्डस्टोरमा आज पिकअपले ट्रकलाई ठक्कर दिँदा ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको गोलबजार घर भई धनकुटा–९ स्थित गुठिटार बस्ने ३० बर्षीय निरज ठकुरी छन् ।

Advertisement

दिउँसो करिव साढे १ बजे सिधुवाबाट धनकुटा आउँदै गरेको बा.प्र.०१–०२६ च ८९९२ नम्बरको पिकअपले सडकमा रोकेर ग्यास लोड गर्दै गरेको बा.प्र.०१–००६ ख ४६५२ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट ग्यास लोड गर्दै गरेका चालक ट्रक माथिबाट खस्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि पिकअप चालक धादिङको सिद्धलेख गाउँपालिका–३ का ३८ बर्षीय चेत बहादुर विशुँखेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!