Avatar photoRabin Katel

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा सञ्चालित अन्तर पालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिताको उपाधि छथर जोरपाटी गाउँपालिकाको टिमले जितेको छ । फाइल खेलमा पाख्रिवास नगरपालिकालाई २–० गोलले पराजित गर्दै छथर जोरपाटीले उपाधि जितेको हो ।

Advertisement

उपाधिसँगै छथर जोरपाटीले ६० हजार रुपैयाँ पाएको छ भने उपबिजेता पाख्रिवासले ४० हजारमा चित्त बुझाएको छ । महालक्ष्मी नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा धनकुटाका ५ पालिकाबीच उपाधिका लागि प्रतिष्प्रधा भएको प्रतियोगिताका संयोजक गौरब कार्कीले जानकारी दिए ।

खेलकुद गतिबिधिमा उत्साह ल्याउन प्रतियोगिता गरिएको महालक्ष्मी नगरपालिकाका मेयर ध्रुबराज रायले बताए । धनकुटामा प्रत्येक बर्ष कर्मचारी फुटबल प्रतियोगिता गरिदै आएको छ, यो तेस्रो प्रतियोगिता हो । आगामी बर्ष धनकुटा नगरपालिकाले प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement