ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

ताप्लेजुङ । संस्कृति र परम्परा संरक्षण गर्न ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल पर्यटन बोर्डको सहकार्यमा ताप्लेजुङको फुङ्लिङमा जारी औद्योगिक, कृषि तथा पर्यटन मेलामा टपरी गाँस्ने प्रतियोगिता गरिएको हो । प्रतियोगितामा दुई पुरुष र ४८ महिला सहभागि भएका छन् । उनीहरूले सालको पातलाई बाँसको सिन्काले गाँसेर टपरी बनाएका हुन् । विवाह, व्रतबन्ध,...
विराटनगरका पत्रकार निरौला र सरदारलाई पुरस्कृत गरिने

विराटनगरका पत्रकार निरौला र सरदारलाई पुरस्कृत गरिने

विराटनगर । विराटनगरका पत्रकार विक्रम निरौला र उषा सरदार पुरस्कृत हुने भएका छन् । उद्घोष दैनिकका समाचार सम्पादक एवं बीबीसी नेपाली सेवाका संवाददाता निरौलालाई सिर्जनशील पत्रकारिता पुरस्कार र मकालु टेलिभिजनकी सम्वाददाता सरदारलाई उदीयमान पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो । निरौलालाई प्रदान गर्न लागिएको सिर्जनशील पत्रकारिता पुरस्कारको राशि ५१ हजार १ सय ५१ रुपैयाँ छ । त्यस्तै, सरदारलाई ३१ हजार ...
पाँचथरमा भीरबाट लड्दा एक जनाको मृत्यु

पाँचथरमा भीरबाट लड्दा एक जनाको मृत्यु

पाँचथर । पाँचथरको मिक्लाजुङ–६ मा भीरबाट लड्दा एक जनाको मृत्यु भएको छ । कमेरे भीरबाट लड्दा स्थानीय तीनतलेका डिल्लीराम निरौलाको मृत्यु भएको हो । मिक्लाजुङ १ स्थित मावि टोलमा पसल गर्दै आएका निरौला दुई दिन अघि गाउँ डुल्न भनेर घरबाट हिँडेका थिए । तर, घर नफर्किएपछि खोजी गर्ने क्रममा बिहीबार उनको शव फेला परेको प्रहरीले जनाएको छ । भीरको बाटोबाट करिब २ सय मिटर तल निरौलाको शव भेटिएको हो ।
मोरङका तीन परीक्षा केन्द्रमा भेटिए दुई सय नक्कली परीक्षार्थी

मोरङका तीन परीक्षा केन्द्रमा भेटिए दुई सय नक्कली परीक्षार्थी

विराटनगर । मोरङमा अर्कैको नामबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने क्रममा तीन परीक्षा केन्द्रबाट २ सय १ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । बिहीबार एकैदिन १ सय ९९ जना र बुधबार दुई जना नक्कली परीक्षार्थी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । केरावारीको सार्वजनिक मावि, ग्रामथानको सरस्वती मावि र सुन्दरहरैंचाको जनता मावि परीक्षा केन्द्रबाट अर्कै व्यक्तिको परीक्षा लेख्दै गर्...
सांसद डा.सुनिल शर्माले गराइदिए विपन्न बिरामी विकको निःशुल्क उपचार

सांसद डा.सुनिल शर्माले गराइदिए विपन्न बिरामी विकको निःशुल्क उपचार

विराटनगर । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बरपिपल टोलकी बाटुली विश्वकर्माको निःशुल्क उपचार गराइदिएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले मुटुमा रगत जमेको र मस्तिष्कको नसामा समस्या देखिएकी विपन्न परिवारकी ५५ वर्षीया विकलाई नोबेल अस्पताल ल्याई निःशुल्क उपचार गराइदिएका हुन् । रोगले सताए पनि उपचार गर्ने पैसा नहुँदा विक पीडा स...
विराटनगरमा व्यापारीद्वारा बजार बन्द गरेर ‘नो पार्किङ’ को विरोध

विराटनगरमा व्यापारीद्वारा बजार बन्द गरेर ‘नो पार्किङ’ को विरोध

विराटनगर । विराटनगरका व्यापारीहरूले आज बजार पसल बन्द गरेर ‘नो पार्किङ’ अभियानको विरोध गरेका छन् । विराटनगर महानगरले सुरु गरेको ‘नो पार्किङ’ अभियानको विरोध गर्दै व्यापारीहरूले विराटनगर बजार बन्द गरेका हुन् । महानगरले बजारलाई व्यवस्थित गर्न मुख्य सडक क्षेत्रमा पार्किङ निषेध गर्दै लगेको छ । बिभिन्न स्थानमा पार्किङ क्षेत्र छुट्याएर सडकलाई पार्किङ निषेध गरिएको हो । तर, सडक क्षेत्रमा पार्किङ निषेध गर...
सुनको भाउ हालसम्मकै बढी

सुनको भाउ हालसम्मकै बढी

विराटनगर । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै बुधबार छापावाला सुन प्रतितोला १ लाख ११ हजारमा कारोबार भइरहेको छ । यसअघि गत चैत ५ गते सबैभन्दा बढी १ लाख १० हजारमा सुनको कारोबार भएको थियो । त्यो रेकर्ड पनि उछिन्दै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । अघिल्लो दिनको तुलनामा बुधबार एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको सुनचा...
धनकुटा बजारमा विद्युतको नाङ्गो तार हटाइँदै

धनकुटा बजारमा विद्युतको नाङ्गो तार हटाइँदै

धनकुटा । धनकुटा बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । विद्युत लाइन विस्तारका क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको हो । पहिलो चरणमा मंगलबार मदनचोकदेखि परिचयमोडसम्मको तार फेर्ने काम भइरहेको विद्युत प्राधिकरण धनकुटाका प्रमुख प्रलाद पोखरेलले जानकारी दिए । उनका अनुसार एबीसी केवलमा एउटै लठ्ठा भित्र धेरै वटा तारहरू राखिएको हुन्छ र बाहिरी कभर हुनाले छुँदा करेन्ट ...
एमालेद्वारा तीन सय ज्येष्ठ नागरिकलाई सम्मान

एमालेद्वारा तीन सय ज्येष्ठ नागरिकलाई सम्मान

धनकुटा । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकामा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ । एमालेले महालक्ष्मी वडा नं.१, २, ८ र ९ नम्बर वडाका १४० ज्येष्ठ नागरिकलाई आइतबार सम्मान गरेको हो । महालक्ष्मी नगरपालिका वडा नं.१ र वडा नं.२ का ७० जना ज्येष्ठ नागरिकलाई कटहरेमा सम्मान गरिएको छ । त्यस्तै, वडा नं.८ र वडा नं.९ का ३५/३५ जना ज्येष्ठ नागरिकलाई निगालेमा सम्मान गरिएक...
७५ जनाको आँखाको शल्यक्रिया

७५ जनाको आँखाको शल्यक्रिया

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाका ७५ जना बिरामीको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ । चौबिसे गाउँपालिकाले ९ दिन शिविर सञ्चालन गरेर पालिका क्षेत्रका आँखाका बिरामीहरूको निःशुल्क शल्यक्रिया गराएको हो । डा.रामप्रसाद पोखरेल आँखा अस्पताल, नेत्र ज्वती संघ र सेभा फाउण्डेसनसँग सहकार्य गरेर गाउँपालिकाले बिभिन्न वडामा चैत १० देखि १९ गतेसम्म आँखा शिविर सञ्चालन गरेको थियो । वडा–वडामा शिविर सञ्चालन गरे...
तेह्रथुममा करेन्ट लागेर एक जनाको मृत्यु

तेह्रथुममा करेन्ट लागेर एक जनाको मृत्यु

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–७ च्याक्चेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विजुलीको तारबाट करेन्ट लाग्दा स्थानीय ४२ वर्षीय यामबहादुर लिम्बुको मृत्यु भएको हो । लसुने बजारमा दुर्गा तामाङको घर निर्माणको क्रममा आइतबार अपरान्ह उनलाई करेन्ट लागेको हो । घर नजिकै रहेको बिजुलीको पोलमा झम्पल ठोक्किँदा लिम्बुलाई करेन्ट लागेको थियो । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जन...
पूर्वी पहाडमा तराइका पेट्रोल पम्पको अवैध धन्दा

पूर्वी पहाडमा तराइका पेट्रोल पम्पको अवैध धन्दा

धनकुटा । तराई क्षेत्रका पेट्रोल पम्पहरूले धनकुटासहित पूर्वी पहाडी जिल्लामा अवैध रुपमा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ बिक्री गर्ने गरेको पाइएको छ । नेपाल आयल निगमको पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीको प्रावधान विपरित पम्पहरूले निर्माण आयोजनाहरूमा ‘सेटिङ्ग’ मा ट्याङ्करबाटै तेल बेच्ने गरेको पाइएको हो । उनीहरूले आयल निगमबाट नभई भारतबाट सिधै खरिद गरेर कर छली गरी पेट्रोलियम पदार्थ ल्याएर अवैध रुपमा ...
उद्योग तथा व्यवसाय महासंघ विराटनगरको अध्यक्षमा कार्की निर्वाचित

उद्योग तथा व्यवसाय महासंघ विराटनगरको अध्यक्षमा कार्की निर्वाचित

विराटनगर । नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसाय महासंघ विराटनगर महानगर कमिटीको अध्यक्षमा विरेन्द्र कार्की चयन भएका छन् । विराटनगरमा सम्पन्न प्रथम अधिवेशनबाट कार्कीको नेतृत्वमा नयाँ समिति सर्वसम्मत निर्माण गरिएको हो । कमिटीको उपाध्यक्षमा श्रीप्रकाश तोत्ला, उर्मिला तिम्सिना, सचिवमा नन्दुकुमार खवास, उपसचिवमा प्रतिमा ओझा, यमन निरौला, अनन्त निरौला, कोषाध्यक्षमा जिवन खड्का र सह–कोषाध्यक्षमा तुलस...
समृद्धिद्वारा धनकुटा नगरपालिकालाई स्वामित्व हस्तान्तरण

समृद्धिद्वारा धनकुटा नगरपालिकालाई स्वामित्व हस्तान्तरण

धनकुटा । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले धनकुटा नगरपालिकालाई वित्तिय शिक्षा एवं व्यावसायिक ज्ञान स्वामित्व हस्तान्तरण गरेको छ । नगरपालिकामा आयोजित कार्यक्रममा समृद्धिका योजना अनुगमन प्रमुख सिता भट्टराईले नगर प्रमुख चिन्तन तामाङलाई स्वामित्व हस्तान्तरण गरेकी हुन् । सो अवसरमा नगरप्रमुख तामाङले यो कार्यक्रम अझ प्रभावकारी बनाएर लैजाने बताए । समृद्धि आयोजनाले नगर क्षेत्रमा वित्तिय शिक...
चैत अन्तिममा चौबिसे कप फुटबल प्रतियोगिता हुने

चैत अन्तिममा चौबिसे कप फुटबल प्रतियोगिता हुने

धनकुटा । धनकुटाको राजारानीमा चैत २८ गतेबाट चौबिसे कप फुटबल प्रतियोगिता हुने भएको छ । चौबिसे गाउँपालिकाले शनिवार कार्यक्रम गरेर पुरुष तथा महिला फुटबल प्रतियोगिता गर्ने तयारी भइरहेको जानकारी दिएको हो । बैशाख १ गतेसम्म सञ्चालन हुने चौथो संस्करणको प्रतियोगितामा आठ वडाका महिला र पुरुषका १६ टिम सहभागि हुने चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिए । कार्यक्रममा गत बर्षको उपाधि बिजेता च...
पाथिभरा दर्शन गरेर फर्कदै गर्दा पाँचथरमा कार दुर्घटना, छोरीको मृत्यु, परिवारका तीन घाइते

पाथिभरा दर्शन गरेर फर्कदै गर्दा पाँचथरमा कार दुर्घटना, छोरीको मृत्यु, परिवारका तीन घाइते

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ कान्छिदोकानमा गएराती कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्कदै गर्दा झापाको बिर्तामोडका राजु भुजेलको परिवार सवार प्रदेश १–०१–००१–च ९३४९ नम्बरको कार राती करिब ९ बजे मेची राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा परी बिर्तामोड–१ का राजुकी १८ वर्षीया छोरी रश्मिको मृत्यु भएको जिल्ला प्रहरी कार...
धनकुटाको ६ नं. वडाका ७८ किसानलाई दिइयो कृषि सामग्री

धनकुटाको ६ नं. वडाका ७८ किसानलाई दिइयो कृषि सामग्री

धनकुटा । धनकुटा नगरपालिका वडा नं.६ का ७८ जना किसानलाई कृषि सामग्री वितरण गरिएको छ । वडाको कृषि क्षेत्रमा विनियोजित बजेट कार्यक्रम अन्तर्गत पाङसिङ्ग, खाल्डे, सृर्जनसिल टोल, गोठगाउँ लगायत क्षेत्रका कृषकलाई सामग्री प्रदान गरिएको हो । कृषि कार्यमा सहजता प्रदान गर्न हजारी, स्प्रे ट्याङ्की, कीरा नियन्त्रक पासो, बिउ बिजन, मल लगायत वितरण गरिएको वडाध्यक्ष मिलन खड्गीले जानकारी दिए । उनका अनुसार कृषकहरूला...
चौबिसे समाजद्वारा काठमाडौंमा साङ्गीतिक साँझ

चौबिसे समाजद्वारा काठमाडौंमा साङ्गीतिक साँझ

काठमाडौं । धनकुटाको चौबिसे घर भई काठमाडौंमा बसोवास गर्दै आएकाहरूको संस्था चौबिसे समाज धनकुटाले आज साँझ काठमाडौंमा साङ्गीतिक कार्यक्रम गरेको छ । क्यान्सर पीडित र मृगौला पीडित असहाय बिरामीहरूको उपचार सहयोगार्थ ‘तुलसी पराजुली साङ्गीतिक साँझ’ गरिएको हो । कमलादीस्थित नेपाल प्रज्ञा भवनमा आयोजित कार्यक्रममा धनकुटेली गायक पराजुलीले करिब डेढ दर्जन गीत गाएर साङ्गीतिक मनोरञ्जन प्रदान गरे । कार्यक्रममा सहभ...
विराटनगरमा प्रहरीलाई यसरी गराइयो भीड नियन्त्रण अभ्यास (फोटो फिचरसहित)

विराटनगरमा प्रहरीलाई यसरी गराइयो भीड नियन्त्रण अभ्यास (फोटो फिचरसहित)

विराटनगर । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई शुक्रबार विराटनगरमा भीड नियन्त्रण अभ्यास गराइएको छ । कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको अभ्यास मैदानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा भीड नियन्त्रण अभ्यास गरेका हुन् । प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण रानी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, जिल्ला प्रहरी कार्यालय मोरङ तथा सशस्त्र...
नवनियुक्त १२ मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

नवनियुक्त १२ मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौँ । नवनियुक्त १२ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई सपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामा सातौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै मन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समावेश गराएर मन्त्रिप...
विराटनगर महानगरले क्रिकेटर राजवंशी र कँडेललाई जनही एक लाख दिएर गर्यो सम्मान

विराटनगर महानगरले क्रिकेटर राजवंशी र कँडेललाई जनही एक लाख दिएर गर्यो सम्मान

विराटनगर । विराटनगर महानगरपालिकाले दुईजना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ । शहीद रङ्गशालामा आयोजित विशेष समारोहमा महानगरले विराटनगर–१४ निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई जनही एक/एक लाखसहित सम्मान गरेको हो । हालै सम्पन्न डिभिजन–२ क्रिकेटमा राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकप क्रिकेटको छनौट (क्वालिफायर) मा पु¥याउन महत्वपूर्ण योगदान गरेका थिए । उत्कृष्ट खेल प्रस्...
इलाममा कारागारबाटै भागे थुनुवा

इलाममा कारागारबाटै भागे थुनुवा

इलाम । इलाम कारागारबाट एक थुनुवा भागेका छन् । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई कारागारबाटै फरार भएका हुन् । बिहीबार साँझ कारागारभित्र कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले बताए । ‘हरेक दिन कैदीबन्दीको गन्ती गरिन्छ, हिजो गन्ती गर्दा नभेटिएपछि कारागारबाट भागेको थाहा भयो,’ एसपी घिमिरेले संग...
सुरु भयो एसईई

सुरु भयो एसईई

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । बिहान ८ बजेबाट परीक्षा सुरु भएको हो । देशभरका ४ लाख ८४ हजार २ सय २७ विद्यार्थीले परीक्षा दिदैछन् । परीक्षाका लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार कोसी प्रदेशमा ३ सय ७८, मधेस प्रदेशमा २ सय ७९, गण्डकी प्रदेशमा २ सय २३, लुम्बिनी प्रदेशमा ३ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २ सय ९ पर...
झापाले जित्यो रामनवमी कप भलिबलको उपाधि

झापाले जित्यो रामनवमी कप भलिबलको उपाधि

धनकुटा । धनकुटाको हिलेमा सञ्चालित १६ औं रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । बिहीबार भएको फाइनल खेलमा भोजपुरलाई पराजित गर्दै झापाले उपाधि हात पारेको हो । झापाले २१–२५, २५–२०, २५–२१ र २५–२१ को सेटले भोजपुरलाई पराजित गरेको हो । उपाधिसँगै झापाले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता भोजपुरले नगद ५० हजारमा चित्त बुझाएको छ । त्यस्तै सुनसरीलाई तिन दुइको सेट...
६१ वर्षपछि विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

६१ वर्षपछि विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटीले विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रङ्गशालामा बिहीबार राती भएको रात्रिकालीन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४-० गोलले हराउँदै विराटनगरले सातौँ संस्करणको उपाधि जितेको हो । २०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ...
पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी र बिरामीलाई फलफूल वितरण

पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी र बिरामीलाई फलफूल वितरण

धनकुटा । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसर पारेर आज धनकुटामा प्रभातफेरी र बिरामीलाई फलफूल वितरण गरिएको छ । स्थापना दिवसको अवसर पारेर पत्रकार महासंघ धनकुटाले बजारमा प्रभातफेरी गरेर जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको हो । विहान परिचय चोकमा भेला भएर पत्रकारहरूले चुवाको बोट चोक, हुलाकटोल लगायत बजार क्षेत्रमा प्रभातफेरी गरेका हुन् । दिवसकै अवसर पारेर जिल्ला अस्पताल धनकुटा...
४२ जनामा कोरोना संक्रमण

४२ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय कोरोना सङ्क्रमितको संख्या १२३ पुगेको छ । आज १७ जना कोरोनामुक्त भएका छन् । पछिल्लो केही समय यता नेपालमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ । संक्रमण देखिन थालेपछि स्वास्थ्य...
जलाएर नष्ट गरियो १०६ किलो गाँजा

जलाएर नष्ट गरियो १०६ किलो गाँजा

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले बुधबार १ सय ६ किलो गाँजा जलाएर नष्ट गरेको छ । जनप्रतिनिधि, स्थानीय र पत्रकारको रोहबरमा जिल्ला प्रहरी कार्यालय परिसरमै गाँजा जलाएर नष्ट गरिएको हो । साँगुरीगढी गाउँपालिका–८, स्थित भेडेटार आहाले सडक खण्डमा को १ ज १८११ नम्बरको पिकअपमा सो गाँजा बरामद भएको थियो । फरार रहेका पिकअप चालक साँगुरीगढी–८ का २८ वर्षीय पविन कार्कीलाई पनि प्रहरीले पक्राउ गरेर कारबाही प्...
धनकुटाको निशान भगवती मन्दिरमा गरियो मौलो पुजा

धनकुटाको निशान भगवती मन्दिरमा गरियो मौलो पुजा

धनकुटा । धनकुटा नगरपालिका–६, विचबजारस्थित निशान भगवती मन्दिरमा आज मौलो पुजा गरिएको छ । चैत्र शुक्ल अष्टमी, चैते दशैँको अवसर पारेर मौलो पुजा गरिएको हो । निशान भगवती मन्दिरभित्र नेपाली सेनाको तिन वटा पल्टन जङ्गी निशान गण, श्रीजंग गण र इन्द्रध्वोज गणको निशान छन् । मन्दिरभित्रबाट डोलीमा निशान बोकेर मन्दिरको प्राङ्गणमा ल्याई पुजा गरिएको हो । पूजामा राँगा, बोका र कुभिन्डोको बलि दिइएको छ । पूजामा प...
धनकुटाको छुम्लिङमा डढेलो बस्तीमा पस्दा दुई घर जलेर नष्ट, आगो नियन्त्रणबाहिर

धनकुटाको छुम्लिङमा डढेलो बस्तीमा पस्दा दुई घर जलेर नष्ट, आगो नियन्त्रणबाहिर

धनकुटा । जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा धनकुटाको महालक्ष्मी नगरपालिका–६ छुम्लिङमा आज दुई वटा घर जलेर नष्ट भएका छन् । स्थानीय हर्षिदी जङ्गलमा लागेको डढेलो फैलँदै गएर छुम्लिङ गाउँमा पसेको हो । आगो अझै नियन्त्रण हुन सकेको छैन । आगोले छुम्लिङका हिरा कार्कीको घर र गोठ तथा कमल सुवेदीको घर जलेर नष्ट भएको स्थानीय भुवन ढकालले जानकारी दिए । उनका अनुसार डढेलो बस्तीतर्फ फैलँदै गएको छ । ठूलो क्षेत्रमा आ...
मोरङको रंगेलीबाट गाँजासहित पाँच जना पक्राउ

मोरङको रंगेलीबाट गाँजासहित पाँच जना पक्राउ

विराटनगर  । मोरङको रंगेलीबाट प्रहरीले २३४ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका वडा नं.–२ चेका खोलास्थित गहुँबारी र रंगेली नगरपालिका वडा नं.–३ रन्जनीबाट गाँजा बरामद भएको हो । भारतको अररिया ठिङ्गापुर पञ्चायत ६ कुवाडीका २९ बर्षीय दिपक झा र अररिया हाँसा पञ्चायतका  ३० बर्षीय सिन्टुक कुमार सिँहले लैजादै गरेको करिब १५० किलो गाँजा चेका खोलास्थित गहुँबारीबाट बरामद भएको छ । गाँजा ...
error: Content is protected !!