संगालोखबर

ताप्लेजुङ । ताप्लेजुङमा भूकम्प गएको छ । गएराति १ः४६ बजे ताप्लेजुङको तापेथोक आसपास ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Advertisement

ताप्लेजुङ र आसपासको जिल्लामा समेत भूकम्प महसुस गरिएको थियो । अविरल वर्षाका कारण बाढी पहिरोले प्रभाव पारिरहेका बेला भूकम्प गएपछि स्थानीय बासिन्दा त्रसित भएका थिए ।

हालसम्म भूकम्पका कारण भएको क्षतिको विवरण आइसकेको छैन । यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!