संगठित रुपमा लागुऔषध कारोबार गर्ने ५ जना पक्राउ
सुनसरी । धरानबाट ठूलो परिमाण लागूऔषधसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा र धरानका साथै भारतीय नागरिकसमेत छन् । धरानस्थित १७ वर्षीया एक किशोरीको कोठाबाट लागूऔषध बरामद गरिएको छ ।
पक्राउ पर्नेमा धरान–४ का २६ वर्षीय मदन राई, १९ वर्षीय सचिन राई, धनकुटा–३ कागतेका ४५ वर्षीय चन्द्रध्वज राई र भारतको अररिया जिल्लाअन्तर्गत जोगबनीका २८ वर्षीय रविकुमार सिंह छन् । पक्राउ परेकी किशो...





























