संगालोखबर

विराटनगर । नेपाली युवा उद्यमी मञ्च, विराटनगरको अध्यक्षमा शुभम भट्टराई चयन भएका छन् । मञ्चको २० औैं वार्षिक साधारण सभाले आगामी एक वर्षका लागि भट्टराईको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।

Advertisement

साधारण सभाले मञ्चको उपाध्यक्षमा संजिव सिक्देल र रोमन कट्टेललाई चयन गरेको छ । कोषाध्यक्षमा संयम श्रेष्ठ, कार्यक्रम संयोजकमा रितेष खनाल र लर्निङ सेसन संयोजकमा उकृष्ट भट्टराई चयन भएका छन् । च्याप्टर संयोजकमा आर्नेष श्रेष्ठ, सञ्चार संयोजकमा अभिषेक केडिया, कानुनी सल्लाहकारमा अंकिता गिरी चयन भएका छन् । कार्यसमिति सदस्यमा नबिन झुनझुनवाला र सचिवालय प्रमुखमा संगिता धमला चयन भएकी छन् ।

साधारण सभामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सबल अर्थतन्त्रको निर्माण, आर्थिक विकास एवं स्थायित्वका लागि युवाहरूको भूमिका महत्वपूर्ण हुने धारणा राखेका छन् । नेपाली युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्ष शाहरा जोशीले सन् २००३ मा स्थापना भएको मञ्चको हाल ११ वटा च्याप्टरमा एक हजार भन्दा वढी युवा उद्यमी आवद्ध रहेको तथ्याङ्क प्रस्तुत गर्दै आगामी दिनमा अन्य शहरहरूमा पनि विस्तार गरी युवा लक्षित कार्यक्रम गरिने जानकारी दिइन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष एवं नेपाली युवा उद्यमी मंच, विराटनगरका संस्थापक अध्यक्ष सुयश प्याकुरेल, मञ्चका निवर्तमान अध्यक्ष रंजित भगत लगायतले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!