संगालोखबर

उदयपुर । अविरल वर्षापछि झरेको पहिरोले घर बगाउँदा उदयपुरमा एक बालिकाको आज बिहान मृत्यु भएको छ । उनकी आमा घाइते भएकी छन् । उदयपुरको त्रियुगा नगरपालिका–१५ तोरीबारीमा रहेको उनीहरुको घर पहिरोले बगाएको थियो ।

Advertisement

स्थानीयका तीनवटा घरमा पनि पहिरोले क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी राजेन चापागाईंका अनुसार पहिरोमा परी स्थानीय ८ वर्षीया रुपकला मगरको मृत्यु भएको हो । उनकी ४० वर्षीया आमा हिराकुमारी मगर घाइते भएकाले उपचारका लागि जिल्ला अस्पताल ल्याइएको उनले संगालोखबरलाई जानकारी दिए ।

निरन्तर पानी परिरहेकाले आधा दर्जन घर पहिरोको जोखिममा परेको स्थानीय बासिन्दाले प्रहरीमा जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यसपटकको मनुसनमा भएका घटनामा यसअघि दुईजनाले ज्यान गुमाएका छन् ।

बेलका नगरपालिका–३ का ५० वर्षीय इन्द्र बुढाथोकीको गिदेरी खोलाले बगाएर मृत्यु भएको थियो । यस्तै, रौतामाई गाउँपालिका–५ का ५ वर्षीय राज राईको असार २२ गते स्थानीय अमृत खोलाले बगाएर मृत्यु भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!