संगालोखबर

भोजपुर । केही दिनयताको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको टेम्केमैयुङ गाउँपालिका–३ मा पर्ने खण्डको सडक भासिएको छ । भोजपुर–चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा आज बिहान करिब ६० मिटर सडक भासिएको हो ।

Advertisement

टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईका अनुसार कालोपत्र गरिएको सडक भासिएको हो । सडक भासिएपछि यातायातका साधन सञ्चालन हुन नसकेको उपाध्यक्ष राईले संगालोखबरलाई जानकारी दिइन् ।

निरन्तर वर्षा भइरहेकाले उक्त सडकमा अझ बढी क्षति हुन सक्ने अवस्था देखिएको उनको भनाइ छ । पानी पर्ने क्रम जारी गरेकाले भासिएको सडक खण्डमा प्लास्टिक ओढाएर थप क्षति हुनबाट जोगाउने प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ ।

भासिएको सडक खण्डमा तत्काल सवारी साधन सञ्चालन हुने अवस्था छैन । मर्मत गर्न समय लाग्ने भएकाले केही दिन लाग्न सक्ने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!