संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको सुन्दरहरैँचामा एकजना कुखुरा फार्म सञ्चालकको हत्या भएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या भएको अवस्थामा आज बिहान शव फेला परेको हो ।

बजगाईंको शव घरनजिकै रहेको कुखुरा फार्मभित्र फेला परेको छ । टाउकोसहित शरीरका विभिन्न भागमा गहिरो चोट रहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा बन्चरो र दाउ फेला परेको छ । तिनै हतियार प्रयोग गरी हत्या भएको अनुमान गरिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार घटनाको प्रकृति र घटनास्थलको अवस्थाका आधारमा बजगाईंको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्यामा कसको संलग्नता छ भन्ने खुलिसकेको छैन । त्यही फार्मममा काम गर्दै आएको दम्पती घटनालगत्तै सम्पर्कविहीन बनेका छन् । उनीहरु घटनापछि फरार भएकाले घटनामा संलग्नता हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!