संगालोखबर

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका–२ मा गएराति एउटा घर भत्किँदा ६ जना घाइते भएका छन् । खेतको काम गरेर बेलुका खाना खाइरहेका बेला ढुंगा र माटोले बनेको घर एक्कासि भत्किएको थियो ।

Advertisement

प्रहरीका अनुसार घाइते हुनेमा ४३ वर्षीय खड्गबहादुर बानियाँ, उनकी ३८ वर्षीया श्रीमती जानुका बानियाँ छन् । यसैगरी, ३० वर्षीया सुबिना बानियाँ, २८ वर्षीय खेमराज अधिकारी, ५३ वर्षीया तिलमाया विश्वकर्मा र १० वर्षीय रोहित विश्वकर्मा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ । घटनास्थलबाट पाँचथर अस्पताल नजिक पर्ने भएकाले त्यता लगिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!