विराटनगर । कोशी प्रदेशस्तरीय प्रथम भारोत्तोलन प्रतियोगिता आज सम्पन्न भएको छ । कोशी खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समिति मोरङको संयोजकत्वमा विराटनगरमा पहिलोपटक भारोत्तोलन प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा ५५ केजी समूहमा मोरङका अजित राजवंशी प्रथम, ६१ केजी समूहमा झापाका चन्दन मुखिया प्रथम, ६९ केजी समूहमा उदयपुरका रिवेश अधिकारी प्रथम, ७३ केजी समूहमा मोरङका पियुष राजवंशी प्रथम, ८१ केजी समूहमा मोरङका कपिलेश्वर राजवंशी प्रथम र ८९ केजी समूहमा झापाका प्रसिद्ध भक्त राजलवट प्रथम भए ।
प्रतियोगितामा ५ वटा जिल्लाको सहभागिता थियो । प्रतियोगितामा प्रथम हुनेले २५ सय रुपैयाँ र दोस्रोले २ हजार रुपैयाँ र तेस्रोले १ हजार ५ सय रुपैयाँ प्राप्त गरे । विजयी खेलाडीहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले पुरस्कार प्रदान गरे ।