संगालोखबर
फाइल तस्वीर ।

विराटनगर । बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ३३ जना पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते भएका छन् । पाँचजना बेपत्ता भएको उनले बताए । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन् ।

Advertisement

बाढीपहिरोले १३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ । वर्षा र पहिरोका कारण ८५८ परिवार विस्थापित भएका छन् । १६१ घर डुबानमा परेका र ११६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!