संगालोखबर

विराटनगर । बिलिङ प्रणालीमा स्तरोन्नति गर्ने सिलसिलामा नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिदको सेवा सात घण्टा बन्द हुने भएको छ । टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद, ब्यालेन्स चेक, सोधपुछसहितका सेवा आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म प्रभावित हुने भएको हो ।

Advertisement

टेलिकमले सार्वजनिक सूचना जारी गर्दै यो जानकारी दिएको हो । टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्ने भएकोले यसका सेवा प्रभावित हुन सक्ने जनाएको छ । ती सेवा लिनुपर्ने भए प्रभावित हुनसक्ने समयभन्दा अगाडि लिन सकिने जनाइएको छ ।

बिलिङ प्रणाली स्तरोन्नति परीक्षणमा ब्यालेन्स र रिचार्ज सेवा प्रभावित हुने भएपनि टेलिकमका अरु सेवा भने यथावत् सञ्चालन हुने टेलिकमको सूचनामा उल्लेख छ । उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस, एफटीटीएच भ्वाइस, डाटा, आइपीटीभीसहितका सेवा भने सञ्चालन हुने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!