संगालोखबर

विराटनगर । असार सकिन लाग्दा कोशी प्रदेशमा ९५ हजार १७० हेक्टर (३४.४ प्रतिशत) क्षेत्रफलमा धान रोपाइँ भएको छ । यसपालि कोशीको २ लाख ७६ हजार ३८६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ ।

Advertisement

देशभर ४२ प्रतिशत भान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ । पछिल्लो विवरण अनुसारअनुसार देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । त्यसमध्ये ५ लाख ९५ हजार १२९ हेक्टर (४२.६ प्रतिशत) रोपाइँ सम्पन्न भएको हो ।

विभागका अनुसार सुदूरपश्चिममा १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म १ लाख ५० हजार ६२ (८६.२ प्रतिशत) रोपाइँ भइसकेको छ । यस्तै, सबैभन्दा कम मधेश प्रदेशमा धान रोपाइँ भएको विभागको तथ्याङ्क छ । ३ लाख ८३ हजार १५० हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएपनि हालसम्म जम्मा २५.५ प्रतिशत अर्थात् ९७ हजार ८५१ हेक्टरमा रोपाइँ हुन सकेको छ ।

बागमती प्रदेशमा १ लाख १४ हजार ५६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म ४६ हजार ४४ हेक्टर (४०.२) मा रोपाइँ भएको छ । यस्तै, गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुने तथ्याङ्क छ । हालसम्म त्यहाँ ४७ हजार ७३३ हेक्टर (४९.७ प्रतिशत) क्षेत्रफलमा रोपाइँ भएको छ ।

लुम्बिनी प्रदेशमा ३ लाख ११ लाख ६४३ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म १ लाख ३८ हजार ३६४ हेक्टर (४४.४ प्रतिशत) क्षेत्रफलमा धान रोपाइँ भएको छ । यस्तै, कर्णाली प्रदेशमा ४१ हजार ९०४ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म १९ हजार ९०४ हेक्टर (४७.५ प्रतिशत) क्षेत्रफलमा धान रोपाइँ भएको विभागको तथ्याङ्क छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!