संगालोखबर

ताप्लेजुङ । ट्रयाक्टर चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–८ दोखुका २१ वर्षीय प्रकाश मगरलाई पक्राउ गरेको हो ।

Advertisement

मेरिङ्देन गाउँपालिका–३ खाम्लुङ दोभानका जयप्रसाद भट्टराईको मे१त ७१७१ नम्बरको ट्रयाक्टर गत शनिबार चोरी भएको थियो । खोजी गर्ने क्रममा आइतबार दिउँसो फुङ्लिङ नगरपालिका–१० भदौरेमा प्रहरीले फेला परेको थियो ।

त्यस क्रममा मगर भागेर फरार भएका थिए । उनलाई मंगलबार राति आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!