इलाममा कारागारबाटै भागे थुनुवा

इलाममा कारागारबाटै भागे थुनुवा

इलाम । इलाम कारागारबाट एक थुनुवा भागेका छन् । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई कारागारबाटै फरार भएका हुन् । बिहीबार साँझ कारागारभित्र कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले बताए । ‘हरेक दिन कैदीबन्दीको गन्ती गरिन्छ, हिजो गन्ती गर्दा नभेटिएपछि कारागारबाट भागेको थाहा भयो,’ एसपी घिमिरेले संग...
सुरु भयो एसईई

सुरु भयो एसईई

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । बिहान ८ बजेबाट परीक्षा सुरु भएको हो । देशभरका ४ लाख ८४ हजार २ सय २७ विद्यार्थीले परीक्षा दिदैछन् । परीक्षाका लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार कोसी प्रदेशमा ३ सय ७८, मधेस प्रदेशमा २ सय ७९, गण्डकी प्रदेशमा २ सय २३, लुम्बिनी प्रदेशमा ३ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २ सय ९ पर...
झापाले जित्यो रामनवमी कप भलिबलको उपाधि

झापाले जित्यो रामनवमी कप भलिबलको उपाधि

धनकुटा । धनकुटाको हिलेमा सञ्चालित १६ औं रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । बिहीबार भएको फाइनल खेलमा भोजपुरलाई पराजित गर्दै झापाले उपाधि हात पारेको हो । झापाले २१–२५, २५–२०, २५–२१ र २५–२१ को सेटले भोजपुरलाई पराजित गरेको हो । उपाधिसँगै झापाले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता भोजपुरले नगद ५० हजारमा चित्त बुझाएको छ । त्यस्तै सुनसरीलाई तिन दुइको सेट...
६१ वर्षपछि विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

६१ वर्षपछि विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटीले विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रङ्गशालामा बिहीबार राती भएको रात्रिकालीन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४-० गोलले हराउँदै विराटनगरले सातौँ संस्करणको उपाधि जितेको हो । २०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ...
पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी र बिरामीलाई फलफूल वितरण

पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी र बिरामीलाई फलफूल वितरण

धनकुटा । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसर पारेर आज धनकुटामा प्रभातफेरी र बिरामीलाई फलफूल वितरण गरिएको छ । स्थापना दिवसको अवसर पारेर पत्रकार महासंघ धनकुटाले बजारमा प्रभातफेरी गरेर जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको हो । विहान परिचय चोकमा भेला भएर पत्रकारहरूले चुवाको बोट चोक, हुलाकटोल लगायत बजार क्षेत्रमा प्रभातफेरी गरेका हुन् । दिवसकै अवसर पारेर जिल्ला अस्पताल धनकुटा...
४२ जनामा कोरोना संक्रमण

४२ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय कोरोना सङ्क्रमितको संख्या १२३ पुगेको छ । आज १७ जना कोरोनामुक्त भएका छन् । पछिल्लो केही समय यता नेपालमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ । संक्रमण देखिन थालेपछि स्वास्थ्य...
जलाएर नष्ट गरियो १०६ किलो गाँजा

जलाएर नष्ट गरियो १०६ किलो गाँजा

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले बुधबार १ सय ६ किलो गाँजा जलाएर नष्ट गरेको छ । जनप्रतिनिधि, स्थानीय र पत्रकारको रोहबरमा जिल्ला प्रहरी कार्यालय परिसरमै गाँजा जलाएर नष्ट गरिएको हो । साँगुरीगढी गाउँपालिका–८, स्थित भेडेटार आहाले सडक खण्डमा को १ ज १८११ नम्बरको पिकअपमा सो गाँजा बरामद भएको थियो । फरार रहेका पिकअप चालक साँगुरीगढी–८ का २८ वर्षीय पविन कार्कीलाई पनि प्रहरीले पक्राउ गरेर कारबाही प्...
धनकुटाको निशान भगवती मन्दिरमा गरियो मौलो पुजा

धनकुटाको निशान भगवती मन्दिरमा गरियो मौलो पुजा

धनकुटा । धनकुटा नगरपालिका–६, विचबजारस्थित निशान भगवती मन्दिरमा आज मौलो पुजा गरिएको छ । चैत्र शुक्ल अष्टमी, चैते दशैँको अवसर पारेर मौलो पुजा गरिएको हो । निशान भगवती मन्दिरभित्र नेपाली सेनाको तिन वटा पल्टन जङ्गी निशान गण, श्रीजंग गण र इन्द्रध्वोज गणको निशान छन् । मन्दिरभित्रबाट डोलीमा निशान बोकेर मन्दिरको प्राङ्गणमा ल्याई पुजा गरिएको हो । पूजामा राँगा, बोका र कुभिन्डोको बलि दिइएको छ । पूजामा प...
धनकुटाको छुम्लिङमा डढेलो बस्तीमा पस्दा दुई घर जलेर नष्ट, आगो नियन्त्रणबाहिर

धनकुटाको छुम्लिङमा डढेलो बस्तीमा पस्दा दुई घर जलेर नष्ट, आगो नियन्त्रणबाहिर

धनकुटा । जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा धनकुटाको महालक्ष्मी नगरपालिका–६ छुम्लिङमा आज दुई वटा घर जलेर नष्ट भएका छन् । स्थानीय हर्षिदी जङ्गलमा लागेको डढेलो फैलँदै गएर छुम्लिङ गाउँमा पसेको हो । आगो अझै नियन्त्रण हुन सकेको छैन । आगोले छुम्लिङका हिरा कार्कीको घर र गोठ तथा कमल सुवेदीको घर जलेर नष्ट भएको स्थानीय भुवन ढकालले जानकारी दिए । उनका अनुसार डढेलो बस्तीतर्फ फैलँदै गएको छ । ठूलो क्षेत्रमा आ...
मोरङको रंगेलीबाट गाँजासहित पाँच जना पक्राउ

मोरङको रंगेलीबाट गाँजासहित पाँच जना पक्राउ

विराटनगर  । मोरङको रंगेलीबाट प्रहरीले २३४ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका वडा नं.–२ चेका खोलास्थित गहुँबारी र रंगेली नगरपालिका वडा नं.–३ रन्जनीबाट गाँजा बरामद भएको हो । भारतको अररिया ठिङ्गापुर पञ्चायत ६ कुवाडीका २९ बर्षीय दिपक झा र अररिया हाँसा पञ्चायतका  ३० बर्षीय सिन्टुक कुमार सिँहले लैजादै गरेको करिब १५० किलो गाँजा चेका खोलास्थित गहुँबारीबाट बरामद भएको छ । गाँजा ...
धनकुटाको खाम्बेलाका २० परिवारलाई फिल्टर वितरण

धनकुटाको खाम्बेलाका २० परिवारलाई फिल्टर वितरण

धनकुटा । धनकुटा नगरपालिका–८ स्थित खाम्बेलाका २० परिवारलाई पानी छान्ने फिल्टर वितरण गरिएको छ । धनकुटा नगरपालिका, हुसाडेक नेपाल र एकीकृत पर्वतीय विकासको लागि अन्तर्राष्ट्रिय केन्द्रको सहकार्यमा खाम्वेलाबासीलाई तृप्ति फिल्टर वितरण गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, धनकुटा नगरपालिका–८ का वडाध्यक्ष रसबहादुर आठपहरिया लगायतले खाम्वेलाबासीलाई फिल्टर वितरण गरे । २० परिवारलाई एक/एक थान फ...
पालिकाका जनप्रतिनिधिलाई मुख्यमन्त्री कार्कीको सुझावः अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्नुस्

पालिकाका जनप्रतिनिधिलाई मुख्यमन्त्री कार्कीको सुझावः अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्नुस्

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सिर्जना गर्ने क्षेत्रलाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई सुझाव दिएका छन् । मंगलबार गाउँपालिका राष्ट्रिय महासंघ कोशी प्रदेशको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो सुझाव दिएका हुन् । मुख्यमन्त्री कार्कीले पहुँचका आधारमा विकासको बजेटलाई जथ...
मोरङ कांग्रेसको खेलकुद तथा युवा विभागमा पाँच सदस्य मनोनित

मोरङ कांग्रेसको खेलकुद तथा युवा विभागमा पाँच सदस्य मनोनित

विराटनगर । नेपाली कांग्रेस मोरङको खेलकुद तथा युवा विभागले पाँच जनालाई सदस्यमा मनोनित गरेको छ । विभागका प्रमुख तथा मोरङ कांग्रेसका जिल्ला सदस्य प्रकाश दाहालले सदस्य मनोनित गरेका हुन् । दाहालका अनुसार नेपाल टेबुल टेनिस संघका केन्द्रीय सदस्यसमेत रहेका अनुज बानियाँ, इन्द्रराज थापा, राजन न्यौपाने, अनुराग पाठक र बद्री मिश्रलाई सदस्यमा मनोनित गरिएको छ । मनोनित हुनेहरूलाई विराटनगर महानगरपालिकाका मेयरसम...
साथीले चलाएको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु

साथीले चलाएको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शिकार खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । कालीदह जङ्गलमा शिकार खेल्ने क्रममा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर स्थानीय ललित गुरुङको मृत्यु भएको हो । सोमबार राति करिब १० बजे ५८ वर्षीय ललित र ५२ वर्षीय वीरबहादुर गुरुङ शिकार खेल्न कालीदह जङ्गल गएका थिए । सोही क्रममा वीरबहादुरले चलाएको भरुवा बन्दुकको छर्राले लागेर ललितको म...
बनको डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

बनको डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ सान्नेटारस्थित धर्मदेवी सालबोटे सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा चार घर जलेका छन् । आगोले सान्नेटारका राजकुमार कट्टेल, चेतबहादुर राय, कमल बस्नेत र सुमन बस्नेतको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । कटेलको ३ तले घरसहित घरभित्र रहेको लत्ताकपडा, भाँडावर्तन, अन्नपात लगायत सबै सामान जलेका छन् । आगलागीबाट करिब १६ लाख बराबरको धन...
धनकुटाको जनविश्वास प्रेसमा आगलागी

धनकुटाको जनविश्वास प्रेसमा आगलागी

धनकुटा । धनकुटा नगरपालिका–७ हुलाकटोलस्थित जनविश्वास अपसेट प्रेसमा आगलागी भएको छ । जिल्ला अस्पताल अगाडि मुख्य बजार क्षेत्रमा रहेको प्रेसमा विहान करिब ६ः३० बजेबाट आगलागी सुरु भएको थियो । धनकुटा नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आधा घण्टापछि करिब ७ बजे आगो नियन्त्रणमा लिएका छन् । बिहान प्रेसमा मान्छे कोही नभएका बेला अचानक आगो लागेको प्रेसका सञ्चालक सञ्जय सन्तोषी राईले बताए । विद्य...
धनकुटामा ५५ जनाले गरे रक्तदान

धनकुटामा ५५ जनाले गरे रक्तदान

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सोमबार धनकुटामा आयोजना गरेको रक्तदानमा ५५ पिन्ट रगत संकलन भएको छ । राष्ट्रिय युवा संघको नबौं राष्ट्रिय महाधिवेशनको अवसर पारेर मदनचोकमा रक्तदान कार्यक्रम गरिएको हो । नेकपा एमाले धनकुटाका अध्यक्ष एवं प्रदेश सभा सदस्य इन्द्रमणी पराजुलीले कार्यक्रम उद्घाटन गरे । कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष पराजुलीले रक्तदान भनेको जीवन दान सरह भएकाले मानिसको ज...
विराट गोल्डकप: जावलाखेललाई हराउँदै विराटनगर सिटी पुग्यो फाइनलमा

विराट गोल्डकप: जावलाखेललाई हराउँदै विराटनगर सिटी पुग्यो फाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी विराट गोल्डकपको फाइनल प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा सोमबार राती भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २-१ गोलले पराजित गर्दै विराटनगर सिटी उपाधि नजिक पुगेको हो । विराटनगरको जितका लागि स्टेफन ब्याङगनल र अभिषेक गुरूङले समान एक/एक गोल गरे । जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्तवना गोल फर्काए । विराटनगरले सङ्घर्षपूर्ण जित ...
स्ववियुमा निर्वाचित विद्यार्थीहरूलाई अनेरास्ववियुले गर्यो सम्मान

स्ववियुमा निर्वाचित विद्यार्थीहरूलाई अनेरास्ववियुले गर्यो सम्मान

धनकुटा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा निर्वाचित विद्यार्थीहरूलाई नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धनकुटाले सम्मानसहित बधाई ज्ञापन गरेको छ । धनकुटाका बिभिन्न क्याम्पसमा स्ववियुको पदाधिकारी तथा सदस्य पदमा निर्विरोध निर्वाचित अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरूलाई सम्मान गर्दै बधाई ज्ञापन गरिएको हो । मिसन ग्रासरुट अभियान अन्तर्गत एमाले जिल्ला पार्टी कार्...
धनकुटामा २२ जनसङ्गठनका प्रतिनिधिलाई भेला गरेर एमालेले दियो प्रशिक्षण

धनकुटामा २२ जनसङ्गठनका प्रतिनिधिलाई भेला गरेर एमालेले दियो प्रशिक्षण

धनकुटा । धनकुटामा नेकपा एमालेले पार्टीको जनसङ्गठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिएको छ । मिसन ग्रासरुट अभियानमा जुटेको एमालेले जिल्लामा क्रियाशील २२ वटै जनसङ्गठनको संयुक्त भेला आयोजना गरेर प्रशिक्षण दिएको हो । एमालेले देशभर पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गरिरहेको छ । फागुन ५ गतेबाट सुरु भएको यो अभियान बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । सोही अभियान अन्तर्गत एमालेले सबै जनसङ्गठ...
वैशाखमा भीमनारायण गोल्डकप हुने, विजेताले सात लाख पाउने

वैशाखमा भीमनारायण गोल्डकप हुने, विजेताले सात लाख पाउने

धनकुटा । धनकुटामा आगामी बैशाखमा सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । गोल्डकप आयोजक समितिको बैठकले बैशाख १७ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । २०६३ सालबाट सञ्चालन हुन थालेको भीमनारायण गोल्डकपको यो १५ औं संस्करण हो । ०६३ सालयता बर्सेनी गोल्डकप सञ्चालन भइरहेपनि २०७६ यता प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । कोरोना महामारीका कारण स्थगन भएको बताइएको प्रतियोग...
सत्यम र निताले जिते धनकुटा कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि (भिडियोसहित)

सत्यम र निताले जिते धनकुटा कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि (भिडियोसहित)

धनकुटा । सुनसरीका सत्यम सुब्बा र मोरङकी निता लम्सालले धनकुटामा सञ्चालित कोशी प्रदेश स्तरीय खुला दोस्रो धनकुटा कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । धनकुटा–६ स्थित बहुउद्देश्यीय सामुदायिक भवनमा शनिवार भएको फाइनल खेलमा पुरुष एकलतर्फ सुनसरीका सुब्बा र महिला एकलतर्फ मोरङकी लम्सालले उपाधि जितेका हुन् । झापाका प्रनिश सिंह ठकुरीलाई फाइनल सेटमा हराउँदै सत्यमले उपाधि जिते । पहिलो सेटमा १९–२१ ल...
सहिदभूमि गाउँसभाको दोस्रो अधिवेशन सम्पन्न

सहिदभूमि गाउँसभाको दोस्रो अधिवेशन सम्पन्न

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको दोस्रो गाउँसभाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । फागुन १९ गते सुरु भएको दोस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा भएको गाउँसभाले सहिदभूमि गाउँपालिकाको स्थानीय शिक्षा ऐन २०७५ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०७९ पारित गरेको छ । मेलमिलापकर्ताहरुको सूचिलाई अनुमोदन गर्ने प्रस्ताव र आर्थिक वर्ष २०७९/८० को विनियोजन ऐन...
धनकुटाको मदनचोकमा रक्तदान गरिने

धनकुटाको मदनचोकमा रक्तदान गरिने

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले आगामी सोमबार धनकुटामा रक्तदान कार्यक्रम गर्ने भएको छ । युवा संघको आसन्न नबौं राष्ट्रिय महाधिवेशनको अवसर पारेर मदनचोकमा रक्तदान कार्यक्रम गर्न लागिएको हो । सोमबार बिहान ८ बजेबाट रक्तदान कार्यक्रम सुरु हुने युवा संघका धनकुटा अध्यक्ष प्रविण पोखरेलले जानकारी दिए । उनले रक्तदानमा सहभागि हुन सबैलाई आग्रह पनि गरेका छन् । यही चैत २७ देखि २९ गतेसम्म बाँकेक...
सुरु भयो रात्रिकालीन विराट गोल्डकप, उद्घाटन खेलमा पुलिसलाई हराउँदै विराटनगर बिजयी

सुरु भयो रात्रिकालीन विराट गोल्डकप, उद्घाटन खेलमा पुलिसलाई हराउँदै विराटनगर बिजयी

विराटनगर । घरेलु टिम विराटनगर सिटीले विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सहिद रङ्गशालामा बिहीबार राती भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै विराटनगर सिटी सेमिफाइनल पुगेको हो । जितमा विराटनगरका आशिष श्रेष्ठ नायक भए । निर्धारित समयसम्म खेल गोलरहित बराबरी भएपछि थप गरिएको अतिरिक्त समयमा आशिषले गोल गरेका हुन् । दिवाकर चौधरीले निकालेको पास...
राष्ट्रिय फुटबल टिमबाट सुजलले लिए सन्यास

राष्ट्रिय फुटबल टिमबाट सुजलले लिए सन्यास

धनकुटा । चर्चित फुटबल खेलाडी सुजल श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्यास लिएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन् । पुनः खेलमा नफर्कन खेलाडीले सन्यास लिने गर्छन् । नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्यास घोषणा गरेकाले सुजल पुनः सो टोलीमा फर्किने छैनन् । धनकुटाको हुलाकटोल घर भएका श्रेष्ठ बिहीबार मध्यराति १२ बजे अस्ट...
धरानमा भारतीय गाडीभित्र भेटियो तीन सय किलो गाँजा

धरानमा भारतीय गाडीभित्र भेटियो तीन सय किलो गाँजा

सुनसरी । धरान उप–महानगरपालिका–४ बाट भारतीय गाडीमा ठुलो परिमाणमा गाँजा भेटिएको छ । जीजे ०१ एचक्यू २४६१ नम्बरको भारतीय स्कारपियो गाडीमा तीन सय किलो गाँजा भेटिएको हो । गाँजाको ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भारतीय स्कारपियो गाडी खानतलासी गर्दा गाँजा भेटिएको हो । सडकको छेउमा रोकिराखेको गाँडीमा गाँजा भेटिएको प्रहरीले जनाएको छ । गाडी चालक भने फेला ...
धनकुटामा जीवन बिकास लघुवित्तको कार्यालयमा तालाबन्दी

धनकुटामा जीवन बिकास लघुवित्तको कार्यालयमा तालाबन्दी

धनकुटा । धनकुटा नगरपालिका–५ तल्लोकोप्चेस्थित जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रदेश कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले बुधबार दिउँसो लघुवित्तको कार्यालयमा तालाबन्दी गरेका हुन् । गरिबी निवारणका लागि भन्दै खोलिएका वित्तीय सस्थाहरूले जनतालाई उल्टै शोषण गरिरहेको भन्दै नेकपा बहुमतले वित्तीय संस्थाहरू बन्द गराउँने अभियान सुरु गरेको छ । सोही अनरुप जीवन...
धनकुटामा एकैदिन तीन घरमा आगलागी, आगोमा जलेर वृद्धाको मृत्यु

धनकुटामा एकैदिन तीन घरमा आगलागी, आगोमा जलेर वृद्धाको मृत्यु

धनकुटा । धनकुटामा सोमबार एकैदिन तीन घरमा आगलागी भएको छ । आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने करिब २५ लाख बराबरको क्षति भएको छ । धनकुटा नगरपालिकाका दुई र साँगुरीगढी गाउँपालिकाको एक घरमा आगो लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए । साँगुरीगढी गाउँपालिका–१० आहालेस्थित चोकचिरानमा घरमा आगलागी हुँदा जलेर ६९ वर्षीया वृद्धा जीवन सार्कीको मृत्यु भएको हो ।...
विराटनगर महानगरले क्रिकेटर राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

विराटनगर महानगरले क्रिकेटर राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई नगदसहित सम्मान गर्ने भएको छ । राजवंशी र कँडेल दुवै विराटनगर निवासी हुन् । नेपाललाई विश्वकप छनौटमा पु¥याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई महानगरले नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गर्ने भएको हो । कँडेलले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा प्रवेश गर्न सफल भएको हो । ...
कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शन, मुख्यमन्त्री भन्छन्, ‘नाम फेर्ने विषयमा छलफलनै हुँदैन’

कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शन, मुख्यमन्त्री भन्छन्, ‘नाम फेर्ने विषयमा छलफलनै हुँदैन’

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरले आइतबार विराटनगरमा प्रदर्शन गरेका छन् । कोशी प्रदेश नामकरण खारेज गरेर पहिचानसहितको नाम राख्न माग गर्दै पहिचानवादी सङ्घसंस्थाहरूको अगुवाइमा प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा निषेधित क्षेत्रमा अघि बढ्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । प्रशासनले निषेधित क्षेत्र तोकेको रोडशेषस्थित मुख्यमन्त्री कार्यालयतर्फ प्रदर्शनकारी अघि...
error: Content is protected !!