संगालोखबर

संखुवासभा । ६ महिनाको अवधिमा संखुवासभामा बलात्कारका ६ वटा घटना भएका छन् । तीमध्ये चारजना बालिका पीडित बनेको पाइएको छ । बलात्कार पीडित हुनेमा २१ महिने बालिकादेखि ५२ वर्षीया महिलासम्म छन् ।

Advertisement

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको कार्यक्रममा यो जानकारी दिइएको हो । जिल्लामा ६ महिनाको अवधिमा मानव अधिकार उल्लंघनका २४ वटा घटना भएको जनाइएको छ । ती घटनामा २४ जना व्यक्ति पीडित रहेको उल्लेख गरिएको छ ।

२०२४ जनवरीदेखि हालसम्मको अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरिएको थियो । यो अवधिमा बलात्कार, हत्या, घरेलु हिंसा जस्ता घटना बढेको पाइएको छ । इन्सेकका जिल्ला प्रतिनिधि भविन कार्कीका अनुसार उक्त अवधिमा चारजना बालिकासहित ६ जना बलात्कृत भएका हुन् ।

यसैगरी, चारजनाको हत्या भएको छ भने घरेलु हिंसाका १० वटा घटना भएका छन् । मादक पदार्थको प्रयोगले घरेलु हिंसाका घटना बढिरहेको जनाइएको छ । प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा सरोकारवालाले हिंसाका घटना न्यूनीकरण गर्न सबै पक्षले सामूहिक पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!