संगालोखबर

धनकुटा । जंगलबाट संकलन गरी ल्याएको च्याउ पकाएर खाँदा धनकुटाको सहिदभूमिका एकै परिवारका सातजना बिरामी परेका छन् । प्रहरीका अनुसार सहिदभूमि गाउँपालिका–७ गैरीटोलका परिवार बिरामी परेका हुन् ।

Advertisement

उनीहरुले हिजो साँझ जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका थिए । प्रहरीका अनुसार च्याउ खाएपछि परिवारका सबैलाई वाकवाकी आउने जस्ता लक्षण देखिएको थियो ।

बिरामी हुनेमा ६३ वर्षीया ईन्द्रकमला राई, ५५ वर्षीया दिलमाया राई, ३६ वर्षीया टेकमाया राई, ३९ वर्षीया मदनकुमारी राई, ४१ वर्षिय थमन सिंह राई, १८ वर्षीय हेमन राई र १९ वर्षीया यमुना राई रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनका अनुसार बिरामीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । जंगलबाट टिपेर ल्याएको च्याउ बिषालु परेकाले उनीहरु बिरामी परेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले संगालोखबरलाई बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!