संगालोखबर

विराटनगर । धारिलो हतियार प्रहार गरी गएराति विराटनगरमा भएको युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । दुई समूहबीच झगडा हुँदा तीनजना घाइते भएका थिए । घाइतेमध्ये मोरङको कटहरी गाउँपालिका–१ का २१ वर्षीय करण कामतको मृत्यु भएको थियो । उनलाई धारिलो हतियारले प्रहार गरिएको थियो । छाती, पेटलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा उनको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

घटनामा कटहरी–१ का २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् । उनीहरुको नोवेल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई पनि धारिलो हतियारले प्रहार गरिएको पाइएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेमा विराटनगर–११ का २० वर्षीय सोनु गिरी, ताप्लेजुङको दोखु घर भइ विराटनगर बस्दै आएका १८ वर्षीय सन्तोष भनिने निमदावा शेर्पा, भोजपुरको भुल्के घर भइ विराटनगर बस्दै आएका २० वर्षीय सञ्जय गिरी र मोरङको रंगेली घर भइ विराटनगर–२ मा बस्दै आएका १६ वर्षीय एकजना बालक छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा युवतीलाई जिस्क्याएको विषयलाई लिएर दुई पक्षबीच विवाद बढ्दा झडप भएको पाइएको प्रहरीको भनाइ छ । दुई दिनअघि युवतीको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको थियो । त्यही विषयमा उनीहरुमाथि आक्रमण भएको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उल्लेख गर्दै डीएसपी बस्नेतले आक्रमणमा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको बताए ।

विराटनगरमा एक युवकको हत्या, २ जना घाइते

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!