संगालोखबर

धनकुटा । बाढी र पहिरोका कारण अवरुद्ध कोशी राजमार्गको धरान-धनकुटा सडक खण्डमा सवारी आवतजावत सुचारु भएको छ । धनकुटाको साँगुरीगढी-६ फेदीसहित आसपास क्षेत्रमा खसेको पहिरो र बाढीले सडकमा थुपारेको ढुङ्गामाटो पन्छाएपछि यातायात सुचारु भएको हो ।

Advertisement

फेदीस्थित सडकमा पहिरो खस्नुका साथै गर्जुवा, खराने लगायत खोलामा आएको बाढीले सडकमा ढुङ्गामाटो थुपार्दा बिहान करिब ८ बजेबाट सडक अवरुद्ध भएको थियो । लेउती खोलाको पुलदेखि घण्टेसम्म विभिन्न स्थानमा सडक अवरुद्ध भएको थियो ।

पहिरो र बाढीले ल्याएको ढुङ्गामाटो जेसीवी लगाएर पन्छाएपछि बिहान करिब १० बजेबाट यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।

धनकुटासहित विभिन्न जिल्लामा गएरातीदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण पहाडी जिल्लाहरूमा पहिरो गइरहेको छ भने बाढीले क्षति पुर्याइरहेको छ । तराईका विभिन्न क्षेत्रमा डुबान छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!