धनकुटामा बस पल्टिँदा एक जनाको मृत्यु, १३ घाइते
धनकुटा । धनकुटा नगरपालिका-६ गोठगाउँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस आज बिहान करिब १०ः३० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । धनकुटा जिल्ला अस्पतालमा उपचारका क्रममा...






























