धनकुटामा ६ महिनायता मानवअधिकार उल्लंघनका ५६ घटना
धनकुटा । धनकुटामा गत ६ महिनाको अवधिमा मानवअधिकार उल्लंघनका ५६ वटा घटनाहरु भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाद्वारा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा यो तथ्यांक प्रस्तुत गरिएको हो ।
जनवरीदेखि जुन महिनासम्म भएका मानवअधिकारसँग सम्बन्धित विभिन्न घटनाहरु प्रस्तुत गरिएको थियो । त्यसअनुसार एकजनाको हत्या, दुईजनाको हत्या प्रयास, तीन महिला र पाँचजना बालबालिका बलात्...































