रारा गोल्डकपको आय-व्यय सार्वजनिक
धनकुटा । धनकुटाको राजारानीमा गत जेठमा सञ्चालित ११ औं रारा गोल्डकप फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक गरिएको छ । आयोजक संस्था रारा फुटबल क्लबले आइतबार राजारानीमा कार्यक्रम आयोजना गरेर आय-व्यय सार्वजनिक गरेको हो ।
राजारानीमा जेठ १० देखि १६ गतेसम्म फुटबल प्रतियोगिता र १३ देखि १६ गतेसम्म चण्डिपूर्णिमा मेला तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो । सो कार्यक्रमको पनि आम्दानी तथा खर्च विवरण सार्वजनिक...






























