संगालोखबर


विराटनगर । विराटनगर-१३ बाट नक्कली नोटसहित भारतीय युवती पक्राउ परेकी छन् । भारतको बिहार अररियाकी १९ वर्षीया सिम्पी बैसन्ती नक्कली नोटसहित पक्राउ परेकी हुन् ।

प्रहरीका अनुसार उनले मङ्गलबार विराटनगर-१३ स्थित एक किरना पसलमा सामान किनेकी थिइन् । उनले पसलेलाई पाँच सय भारतीय रुपैयाँ पसलेलाई दिइन् । उक्त नोट नक्कली भएको शङ्का लागेर पसलेले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

सोही आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई पाँच सय दरका सात वटा नक्कली भारतीय नोट र नेपाली तीन हजार एक सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!