संगालोखबर


विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट गाँजा लोड गरेको ट्रकसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले सात सय ८३ किलो गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भएसँगै ट्रक चालक सुनसरीको बराहक्षेत्रका ३१ वर्षीय मनोज परियार र सह-चालक धनकुटाको सिधुवाका १८ वर्षीय आकाश राई पक्राउ परेका छन् ।

Advertisement

भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकमा चेकजाँच गर्दा गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । ट्रकमा खानतलासी गर्दा ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको सशस्त्र प्रहरीको भनाइ छ ।

सशस्त्रले आवश्यक कारबाहीका लागि गाँजा र ट्रकसहित चालक तथा सह-चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको छ । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!