खोटाङका अग्निपीडितका लागि राजनीतिक दलले जुटाए राहत
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका अग्निपीडितको सहयोगका लागि विभिन्न राजनीतिक दलका प्रतिनिधि मिलेर राहत रकम जुटाएका छन् ।
विभिन्न सात राजनीतिक दलका स्थानीय समितिका पदाधिकारी मिलेर दुई लाख रुपैयाँभन्दा बढी रकम जुटाइएको हो । २३३ जना दाताबाट हालसम्म दुई लाख ११ हजार ६५ रुपैयाँ संकलन गरिएको पार्टीका स्थानीय कमिटीले जनाएका छन् ।
हलेसी तुवाचुङ नगरपालिकामा डढेलो र आगलागीबाट स्थानीय बासिन्दाका ५...





























