तुलसीपुर । भारतबाट पाहुना आएका दाजुभाइको पौडी खेल्ने क्रममा दाङस्थित बबई नदीमा डुबेर मृत्यु भएको छ । नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

भारतबाट आफ्नी फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए ।

Advertisement

डुबेर सिकिस्त घाइते भएका दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको थियो । दिपेशको भने घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!