संगालोखबर


विराटनगर । सिरहाको लहान नगरपालिका–१७ हरिपुर टोलमा गएराति ६ घरबाट धनमाल लुटिएको छ । मध्य रातितिर डाँकाहरुको समूहले बम पड्काएर स्थानीय बासिन्दालाई आतंकित बनाउँदै धनमाल लुटेको प्रहरीले जनाएको छ ।

उनीहरुले पड्काएको बमका कारण केही स्थानीय बासिन्दा घाइते भएका छन् । केही घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको साथै गम्भीर घाइते भएका दुईजनालाई विराटनगर ल्याइएको प्रहरीले जनाएको छ ।

Advertisement

धनमाल लुटिएकामा स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरन्जन यादव छन् । डाकाहरुले नगद, गरहनालगायत धनमाल लुटेका छन् ।

प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका योगेन्द्र यादव र निरन्जन यादवलाई उपचारका लागि विराटनगर ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!