संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारमा आज मन्त्रीहरु थपिने भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै मन्त्रीहरु थप गर्ने तयारी गरेका हुन् । वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री कार्कीले त्यसै दिन एमालेका रामबहादुर राना मगर र माओवादीका गणेश उप्रेतीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

Advertisement

मन्त्रिमण्डल विस्तारका सम्बन्धमा मुख्यमन्त्री कार्कीले माओवादी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल र दलका नेता इन्द्रबहादुर आङ्बोसँग छलफलपछि टुंगो लाग्ने बताएका छन् ।

दुई पार्टीबीच सहमति गरी मुख्यमन्त्रीसहित पाँच मन्त्रालय एमालेको भागमा र तीन मन्त्रालय माओवादीको भागमा पर्ने नेताहरुले बताएका छन् । थपिने मन्त्रीहरुमा एमालेका लीलाबल्लभ अधिकारी, खोटाङका पाँचकर्ण राई, भोजपुरकी सिर्जना राई र धनकुटाका निरन राई चर्चामा छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!