संगालोखबर


खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका अग्निपीडितको सहयोगका लागि विभिन्न राजनीतिक दलका प्रतिनिधि मिलेर राहत रकम जुटाएका छन् ।

विभिन्न सात राजनीतिक दलका स्थानीय समितिका पदाधिकारी मिलेर दुई लाख रुपैयाँभन्दा बढी रकम जुटाइएको हो । २३३ जना दाताबाट हालसम्म दुई लाख ११ हजार ६५ रुपैयाँ संकलन गरिएको पार्टीका स्थानीय कमिटीले जनाएका छन् ।

Advertisement

हलेसी तुवाचुङ नगरपालिकामा डढेलो र आगलागीबाट स्थानीय बासिन्दाका ५० घर–गोठ जलेर क्षति भएको छ । संकलित रकमले डढेलो र आगलागीबाट विस्थापित भएका परिवारका लागि पुनर्स्थापना व्यवस्था गरिने दलहरुले जनाएका छन् ।

सहयोग संकलन अभियानमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, राप्रपा र नेकपा (एकीकृत समाजवादी) पार्टीका स्थानीय कमिटी सक्रिय बनेका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!